मकालु गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

मकालु गाउँपालिका पूर्ण खोप खोषणा गरिएको छ । बिहिबार गाउँपालिका स्तरीय खोप समन्वय समिति मकालुको आयोजनामा मकालु गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

आयोजक समितिका सदस्य सचिव तथा मकालु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख छिङ दोजी लामाले गाउँपालिका भित्र पूर्ण खोप सञ्चालनका लागि भए गरेका गतिविधिहरु प्रतिवेदनमार्फत प्रस्तुत गरेका थिए । जन्मेदेखि १६ देखि ५९ महिना उमेर भित्रका बालबालिकालाई खोप लगाउँन स्वास्थ्यकर्मीहरुलाई सबै वडामा परिचालन गरिएको प्रतिवेदनमा उल्लेख छ । मकालु गाउँपालिकाका उक्त उमेर समुहका ६ सय जना बालबालिकालाई पूर्ण खोप लगाई सकिएकाले पूर्ण खोप घोषणा गरिएको हो । यस्तै जन्मे देखि १५ महिनाका २ सय ९ जना बालबालिकालाई पूर्ण खोप लगाइएको थियो ।

यस्तै पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको एच.पि. खोप १० देखि १४ वर्षको उमेरभित्र रहेका किशोरीलाई दिइएको छ । कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्ष सम्म उमेरका किशोरीहरुलाई लक्षित गरेर खोप दिइएको हो ।

विद्यालय तहका ५ सय ७० जनालाई र विद्यालय बाहिर रहेका २९ जना गरी ५ सय ९९ जनालाई खोप प्रदान गरिएको छ । कार्यक्रममा ६ ओटै वडाका स्वास्थ्य संस्थाहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search