मकालु गाउँपालिकाद्धारा ५७ करोड बढीको योजना पारित

मकालु गाउँपालिकाको १२ औं गाउँसभा तथा अधिवेशन सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको केन्द्र नुममा गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाको अध्यक्षतामा सभा सम्पन्न भएको हो । अधिवेशनले ५७ करोड ६४ लाख ४२ हजार विनियोजित बजेट पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष मनकला राईले पेश गरेको विनियोजन विधेयक सर्वसम्मत पारित गरेको हो ।

यस्तै आर्थिक समिति संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष बद्री बहादुर राईले आर्थिक विधेयक पेश गरेका थिए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search