यू–१६ इस्ट जोन कपको उपाधि जितेका खेलाडीलाई क्यानले जनही ५० हजार रुपैयाँ दिने

काठमाण्डौ । मलेशियामा सम्पन्न भएको १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

टोलीका खेलाडी र अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्न लागेको क्यानले जनाएको छ । खेलाडीको हौसला बढाउन नगदसहित सम्मान गर्न लागेको क्यानका प्रवक्ता छुम्बी लामाले बताउनुभयो ।

गएको शनिवार भएको फाइनलमा सिङ्गापुरलाई हराउँदै नेपाली युवा टोलीले उपाधि जितेको थियो । प्रतियोगितामा नेपाल अपराजित रहँदै विजेता बनेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search