२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाण्डौ । २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा हिजो भएको खेलमा नेपाल ३–२ गोलले पराजित भएको हो ।

दोस्रो हाफमा राम्रो पुनरागमन गर्दै नेपालले घरेलु टोली बङ्गलादेशलाई २–२ को बराबरीमा ल्याए पनि अन्तिम मिनेटमा बङ्गलादेशले १ गोल गरेपछि नेपाल पराजित भयो । डबल राउन्ड रोबिनमा हुने च्याम्पियनशिपमा चार देशको सहभागिता रहेको छ । पहिलो खेलमा भूटानलाई ६–१ ले हराएको नेपालले अब श्रीलङ्कासँग भोलि खेल्नेछ । बङ्गलादेशले श्रीलङ्कालाई ९–१ ले हराएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search