विगतमा भएका सहमति पालना नभएको भन्दै शिक्षक महासङ्घले दियो फेरि आन्दोलनको चेतावनी

काठमाण्डौ । विगतमा भएका सहमति पालना नभएको भन्दै शिक्षक महासङ्घले फेरि आन्दोलनको चेतावनी दिएको छ । महासङ्घले आज विज्ञप्ति निकालेर विद्यालय शिक्षा ऐन जारी नभएको भन्दै फेरि आन्दोलनको चेतावनी दिएको हो । त्यस्तै सरकारले विगतमा गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै छिटो शिक्षा विधेयक संसद‍्मा पेश गरी पारित गर्न महासङ्घले माग गरेको छ ।

महासङ्घले यसअघिको ८९ दिने आन्दोलन र त्यसपछिका सहमतिको स्मरण गराउँदै सरकारले आफ्ना प्रतिबद्धता पूरा नगरेकोमा संवाद र छलफल छोडेर आन्दोलनमा होमिने चेतावनी दिएको हो ।

महासङ्घले गएको चैत २० गतेदेखि २९ दिन लामो सडक आन्दोलन गरेपछि यही वैशाख १७ गतेदेखि असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने सहमति भएको थियो । तर समयसीमाभित्र ऐन जारी नभएपछि महासङ्घले आन्दोलनको चेतावनी दिएको हो ।

अस्थायी प्रकृतिका शिक्षकको स्थायीत्वको सवाल, स्थायी शिक्षकको बढुवाको सवाल, विभागीय कारबाही सवाल, सविधान प्रदत्त ट्रेड युनियन अधिकारको सवाल, शिक्षक सरुवा, विद्यालय कर्मचारीको व्यवस्थापन, बालकक्षा शिक्षकको व्यवस्थापन, संस्थागत विद्यालयका शिक्षक–कर्मचारीको व्यवस्थापन, द्वन्द्व पीडित शिक्षकको समस्या समाधान, शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनलगायत विषयमा सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानार्कषणसमेत गराएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search