प्रचण्डको आरोप– ‘कांग्रेस–एमालेले संसद्लाई बिचौलियाको खेलमैदान बनाए’

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला दल मिलेर बनेको सरकारले संसद्लाई बिचौलियाको खेलमैदान बनाएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद्लाई बिचौलियाको खेलमैदान बनाइनु देश र नागरिकका लागि लज्जास्पद र खेदजनक भएको बताउनुभयो । वर्तमान सरकारले सङ्ख्याको दम्भमा कुशासनका पहाड ठड्याएको आरोप लगाउँदै उहाँले सरकार बिचौलियाको पक्षमा छ भन्ने कुरा आमनागरिक र सत्तारूढ दलकै नेताहरूको भाषा बन्न पुगेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दुई ठूला दल मिल्दा जस्तो गरे पनि हुन्छ भन्ने निरङ्कुशतावादी सोच बोकेर संसद्को जसरी हुर्मत लिइएको छ र कथित दुई दलको अहङ्कारले सार्वभौम संसद्लाई समेत बिचौलियाहरूको खेलमैदान बनाइँदैछ । यो देश र नेपाली नागरिकका लागि दुर्भाग्यपूर्ण र खेदजनक छ ।’ प्रचण्डले संसदीय समितिबाट विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधिसभामा पुग्दा चलखेल र हस्तक्षेप भएको भन्दै आपत्ति जनाउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search