स्वास्थ्यलाई नोक्शान नगर्ने अर्ग्यानिक खाना खाऔँ : प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाई नोक्शान नगर्ने अर्ग्यानिक खाना खान सुझाव दिनुभएको छ । भाटभटेनी समूहले शिक्षण अस्ताललाई भवन हस्तान्तरण गर्ने कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

निरोगी नेपालका दुई वटा पक्ष रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एउटा बिरामी नै हुन नदिने र अर्को बिरामी भए पनि तत्काल उपचार हुने स्थितिको निर्माण गर्ने रहेको बताउनुभयो । स्वास्थ्यका लागि सन्तुलित खानेकुरा खानुपर्ने भन्दै उहाँले स्वास्थ्यलाई हानि नगर्ने अर्ग्यानिक खानामा जोड दिनुपर्ने बताउनुभयो ।

भाटभटेनी समूहले नौ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरेको भवन त्रिवि शिक्षण अस्ताललाई हस्तान्तरण गरेको हो । त्रिवि शिक्षण अस्पताल परिसरमा निर्मित नयाँ भवन भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले हस्तान्तरण गर्नुभयो । अध्यक्ष गुरुङले सरकारले केही गर्छ कि भन्ने आशा नराखिकन सेवा गरेको बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search