महिला फुटबल इतिहासकै महँगो खेलाडी बनिन् ओलिभिया स्मिथ

काठमाण्डौ । क्यानडाकी फरवार्ड ओलिभिया स्मिथ महिला फुटबल इतिहासकै सबैभन्दा महँगो खेलाडी बनेकी छिन् । २० वर्षीया स्मिथ विश्व कीर्तिमानी १० लाख पाउन्ड स्टर्लिङमा लिभरपुलबाट आर्सनलमा अनुबन्ध भएकी हुन् । स्मिथले अमेरिकाकी डिफेन्डर नाओमी गिर्माको कीर्तिमान तोडेकी छिन् । गएको जनवरीमा चेल्सीले सान डिएगो वेभबाट गिर्मालाई ९ लाख पाउन्डमा अनुबन्ध गरेको थियो ।

१५ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी ओलिभिया स्मिथले च्याम्पियन्स लिग विजेता टोलीसँग चार वर्षको सम्झौता गरेकी छिन् । सन् २०२३ मा व्यावसायिक खेलाडी बनेकी स्मिथ एक वर्षअघि पोर्चुगिज क्लब स्पोर्टिङबाट २ लाख पाउन्डभन्दा धेरैको क्लब कीर्तिमानी मूल्यमा लिभरपुलमा सामेल भएकी थिइन् ।

१० लाख पाउन्डमा अनुबन्ध हुने पहिलो पुरुष खेलाडी भने बेलायतका ट्रेभर फ्रान्सिस हुन् । सन् १९७९ मा नटिङ्घम फरेस्टले फ्रान्सिसलाई कीर्तिमान मूल्यमा अनुबन्ध गरेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search