काठमाण्डौ महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाका लागि १६ हजार १३७ जना विद्यार्थी छनोट

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ मा कक्षा ११ र १२ को छात्रवृत्ति परीषका लागि १६ हजार एक सय ३७ जना विद्यार्थी छनोट गरेको छ । देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार दुई सय २९ आवेदनमध्येबाट यी विद्यार्थीहरू छनोट भएका महानगरपालिकाले जनाएको छ ।

काठमाण्डौ महानगरपालिकाको शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीहरूमा विज्ञान सङ्कायका लागि ११ हजार ५९०, व्यवस्थापन सङ्कायका लागि चार हजार १६४, मानविकी सङ्कायका लागि ३२, शिक्षा सङ्कायका लागि ९५ र कानून सङ्कायका लागि दुई सय ५६ जना छन् । छनोट भएका विद्यार्थीहरूलाई महानगरले इमेल र फोनमार्फत सूचना पठाइसकेको छ ।

छनोट भएका विद्यार्थीहरूले आजदेखि काठमाण्डौ महानगरपालिकाको आधिकारिक वेबसाइट भलतचबलअभ।पबतजmबलमग।नयख।लउ मा गएर ‘एडमिट कार्ड’ विकल्पमार्फत आवश्यक विवरण भरेर प्रवेशपत्र डाउनलोड गर्न सकिने छ ।

छात्रवृत्ति प्रवेश परीक्षा पर्सि शनिवार बिहान ८ देखि १० बजेसम्म आयोजना हुनेछ । परीक्षाको नतिजापछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search