पाँचखपन नगरपालिकाको अन्तिम र्सावजनिक सुनुवाई सम्पन्न

पाँचखपन नगरपालिकाकोे अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । पाँचखपन नगरपालिका नगरकार्यपालिका कार्यालय वानाको आयोजनामा आर्थिक वर्ष २०८१/८२ मा सञ्चालित योजना, कार्यक्रम तथा कार्यालयद्धारा सेवा प्रवाह सम्बन्धि सार्वजनिक सुनुवाई बुधबार सम्पन्न भएको हो । पाँचखपन नगरपालिकाका नगर प्रमुख विपिन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को को नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिकरण समेत गरिएको थियो ।

कार्यक्रममा स्थानीय नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो भने केहि सहभागिहरुले प्रश्नसमेत राखेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ नगर प्रमुख विपिन राई, उपप्रमुख सुमुना श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत मणीराम खतिवडा लगायत वडा अध्यक्षहरुले दिएका थिए ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search