सुनको भाउ एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ एकैदिन तोलामा दुई हजार एक सय रुपैयाँले बढ्यो छ । सुन आज तोलामा दुई हजार एक सय रुपैयाँले बढेर एक लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा ३० रुपैयाँले बढेर दुई हजार तीन सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय २० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search