मधेशमा खडेरी परेको भन्दै विशेष वैकल्पिक व्यवस्था गर्न सांसदहरुको माग

काठमाण्डौ । विभिन्न राजनीतिक दलका नेताहरुले मधेश प्रदेशका आठ जिल्लामा खानेपानीको खडेरी परेको भन्दै विशेष वैकल्पिक व्यवस्था गर्न माग गरेका छन् । एमाले मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले ४७ प्रतिशत रोपाइँ बाँकी भएको सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, धनुषा, महोत्तरी र रौतहट जिल्लामा पानीको लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । तत्काल सरकारले चुरे किनारामा ठूलो–ठूलो पोखरी, ताल बनाउनुपर्ने उहाँको भनाइ छ ।

जनमत पार्टीका महासचिव तथा पूर्वमन्त्री चन्दन सिंहले प्राकृतिक दोहनको कारण तराईका क्षेत्रमा खडेरी परेको उल्लेख गर्दै सरकारले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । मधेशमा ४७ प्रतिशत धान रोपाइँ भए पनि पानी नभएका कारण खेत चिरा–चिरा भएको उहाँको भनाइ छ ।

यसैबीच वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले तराई मधेशमा पानीको सङ्कट समाधानका लागि चुरे र भावर क्षेत्रमा जलस्रोत संरक्षण, जल पुनःभरण पोखरी निर्माणलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।

राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको समीक्षा कार्यक्रममा उहाँले चुरे क्षेत्रको संरक्षण र विकासबीच सन्तुलन कायम गरी पूर्वाधार विकासका काम गर्नुपर्ने बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search