कर्णाली विकास बैंकका एक सय नौ जनाविरुद्ध मुद्दा दर्ता

काठमाण्डौ । बाँकेको नेपालगञ्जमा मुख्य कार्यालय रहेको कर्णाली विकास बैंकमा ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको निष्कर्षसहित एक सय नौ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बाँकेले एक सय नौ जनालाई प्रतिवादी बनाउँदै हिजो उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दर्ता गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा एक सय नौ जनालाई प्रतिवादी बनाएर ३ अर्ब २० करोड ११ लाख रुपैयाँ बिगो कायम गरेर मुद्दा दर्ता गरिएको इजलासले जनाएको छ ।

बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतसहित चार जना मात्रै पक्राउ परेका छन् भने एक सय पाँच जना फरार छन् ।

राष्ट्र बैंकको कारबाहीमा परेको कर्णाली विकास बैंक २०६० फागुनमा स्थापना भएको हो । बाँकेको कोहलपुर, खजुरा, शमशेरगञ्ज, बैजापुर, बर्दियाको बाँसगढी, भुरीगाउँ, सानोश्री, गुलरिया, ठाकुरद्वारा, राजापुर र दाङको तुल्सीपुर, बिजौरी, नारायणपुर, घोराही, लमही, भालुवाङ, गढवा र सिसहनियामा बैंकका शाखा छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search