काठमाण्डौ । बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्ड्ससँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । भारतीय टोली बङ्गलादेश जान अस्वीकार गरेपछि बङ्गलादेश क्रिकेट बोर्ड(बीसीबी) ले साना टोलीसँग शृङ्खला खेल्ने योजना बनाएको थियो ।
बीसीबी क्रिकेट अपरेसन्स अध्यक्ष नजमुल अबेदिन फहीमले अरू ठूला टोली व्यस्त भएका कारण नेपाल र नेदरल्यान्ड्समध्ये एकसँग कुरा गर्न चाहेका थिए । उनले शृङ्खला लागि नेदरल्यान्ड्सलाई रोजेका हुन् ।
नेदरल्यान्ड्सले बङ्गलादेशले निम्तोलाई स्वीकार गरेको छ । नेदरल्यान्ड्सको टोली तीन खेलको टी–२० शृङ्खलाका लागि अगस्ट १४ मा ढाका जाने अपेक्षा गरिएको छ । बीसीबीका अनुसार खेलहरू १९ देखि २५ अगस्टसम्म सञ्चालन हुनेछन् । नेदरल्यान्ड्स र बङ्गलादेशले पछिल्लो पटक सन् २०२४ को आईसीसी टी–२० विश्वकपमा खेलेका थिए । त्यति बेला बङ्गलादेश २५ रनले विजयी भएको थियो ।