सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ३५ रुपैयाँले घटेर तोलाको दुई हजार दुई सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार दुई सय ७० रुपैयाँ रहेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search