किसान नेता भीमदत्त पन्तको आज स्मृति दिवस मनाइँदै

कञ्चनपुर । किसान नेता भीमदत्त पन्तको आज स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । १९८३ मङ्सिर १० गते डडेलधुराको कारीगाउँमा जन्मिएका भीमदत्तले सामन्ती सोच, छुवाछूत, श्रमशोषण र अन्यायकोविरुद्धमा विद्रोह गर्नुभएको थियो ।

सामुदायिक रूपान्तरणका लागि पैरवी समूहका अध्यक्ष नरिराम लोहारका अनुसार भीमदत्त सामाजिक न्यायको लागि समर्पित हुनुहुन्थ्यो । पूर्वसांसद निरा जैरूका अनुसार भीमदत्तले दलित, मगर, थारू र अन्य उत्पीडित समुदायलाई सङ्गठित गर्दै मुक्ति सेना गठन गर्नुभएको थियो । जोताहा किसानको पक्षमा उहाँले गरेको विद्रोह अहिले पनि सम्झन लायक रहेको जैरु बताउनुहुन्छ ।

२०१० साल साउन १७ गते, बुडरको गइलेकमा उहाँलाई गोली हानिएको थियो । शहीद भीमदत्तले तत्कालीन समयमा गरेको विद्रोह र उठाएका नाराहरू निक्कै सान्दर्भिक रहेका अहिले पनि चर्चा गरिन्छ । २०७२ साल फागुनमा सरकारले उहाँलाई सहीद घोषणा गरेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search