स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हातहतियार नछोड्ने हमासको अडान

हमासले इजराइलको जेरुशेलमसहित पूर्ण स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हातहतियार नछोड्ने अडान राखेको छ । गाजामा युद्धविरामका लागि वार्ताको पहल भइरहेका बेला हमासले आफ्नो शर्त अगाडी सारेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वीय दूत स्टीभ विट्कफको भनाइको खण्डन गर्दै, हमासले गाजा द्वन्द्व अन्त्यका लागि मुख्य सर्तको रूपमा हातहतियार त्यागलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

अरब देशहरु र बेलायतले हमासलाई गाजामा नियन्त्रण छोड्न र शान्ति प्रक्रियामा सहकार्य गर्न आग्रह गरिरहेका छन् । बेलायतले सेप्टेम्बरसम्म इजरायलले सर्तहरू पूरा नगरे प्यालेस्टिनी राज्यको मान्यता दिने चेतावनीसमेत दिएको छ ।

यसैबीच, इजरायली सेनाले बन्धक मुक्त गर्ने बार्ता असफल भए फेरी आक्रमण शुरु गर्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घले गाजामा मानवीय सङ्कट निक्कै जोखिमपूर्ण अवस्थामा पुगेको बताउँदै आएको छ । गाजा युद्ध २०२३ अक्टोबर ७ मा हमासको आक्रमणबाट शुरू भएको थियो । त्यसयता ६० हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search