बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

मकवानपुर । बागमती प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आजै नियुक्त भएका मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई सपथ गराउनुभएको हो ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज पाँच जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो । यस अघि आठ जना मन्त्री नियुक्त गरेकामा आज थपिएका पाँच र मुख्यमन्त्री समेत गरी बागमती प्रदेश सरकार १४ सदस्यीय बनेको छ ।

आज मन्त्रीमा नियुक्त भएका सबै कांग्रेसका सांसद हुन् । कांग्रेसकै बहादुरसिंह लामालाई हटाएर बानियाँ मुख्यमन्त्री बन्नुभएको हो । मन्त्री नियुक्त गर्दा मुख्यमन्त्री बानियाँले निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाको पक्षमा खुलेका कांग्रेसका १४ जना सांसदमध्ये एक जनालाई पनि मन्त्री बनाउनुभएन । यसअघि विस्वासको मत दिनु अघि लामा पक्षले मन्त्रीहरुमा भाग मागेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search