पाकिस्तानमा बाढी र पहिरो : एक सय ९० जनाभन्दा धेरैको ज्यान गयो

पाकिस्तानमा ठूलो वर्षापछि आएको बाढी र पहिरोका कारण एक सय ९० जना भन्दा धेरैको ज्यान गएको छ । अस्ति बिहीवार यता बाढी/पहिरो र उद्धारमा खटिएको हेलिकप्टर समेत दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या एक सय ९९ जना पुगेको हो ।

सबैभन्दा धेरै क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको छ । जहाँ कम्तीमा एक सय ८० जनाको ज्यान गएको पछिल्लो विवरण छ । त्यस्तै कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाले ज्यान गुमाएका छन् । उद्धार कार्य भइरहेका बेला मौसम खराब हुँदा हेलिकप्टर पनि दुर्घटना भएको छ ।

हेलिकप्टर दुर्घटनामा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका त्यहाँको विपद् निकायलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । सरकारले बुनर, बजौर, मानसेहरा, बट्टाग्रामलगायतका जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ । आज एक दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । जलवायु परिवर्तनका कारण पाकिस्तानमा चरम मौसम घटना बढेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search