चक्रे मिलन एक लाख १० हजार धरौटीमा रिहा

काठमाण्डौ । चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ एक लाख १० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले हिजो धरौटीमा छाड्न आदेश दिएको थियो ।

गएको भदौ १० गते मध्यपुर थिमि–२, दिव्यश्वरी प्लानिङको एक रेष्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले चक्रे मिलनलाई पक्राउ गरी मुद्दा चलाएको थियो । यही साउन १५ गते जन्मदिन मनाइरहँदा काठमाण्डौ महाराजगञ्जबाट उनी पक्राउ परेका थिए ।

प्रहरीले चक्रेलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा प्रहरी वृत्त थिमिमार्फत सरकारी वकिलको कार्यालय भक्तपुरमा साउन २३ गते बयान गराएको थियो । हिजो बकपत्र र थुनछेक बहस सकिएपछि अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search