सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा खसेको पहिरो हटाएपछि सडक खुलेको थियो । तर फेरि त्यहीँ ठाउँमा माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि सडक बन्द भएको सडक डिभिजन कार्यालय भारतपुरले जनाएको छ ।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ हिँडेका गाडी र यात्रु बीच बाटोमै रोकिएका छन् । पहिरोको जोखिम कायमै रहेकाले नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्दा बुझेर यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गर्दै आएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search