मधेश प्रदेशको राजस्व सङ्कलनमा प्रगति

महोत्तरी । मधेश प्रदेशमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ । गएको आर्थिक वर्ष २०८१/८२ को राजस्व सङ्कलन पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ भएको छ । यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो । सात वर्ष पहिले आर्थिक वर्ष २०७५/७६ मा दुई अर्ब ६६ करोड १५ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । सात वर्षअघिको यो रकमभन्दा गएको आर्थिक वर्षमा २०८१/८२ को सङ्कलन दोब्बर बढी भएको हो ।

मधेशको अर्थ मन्त्रालयले यसलाई उल्लेख्य प्रगति भनेको छ । कर प्रशासन सुदृढीकरण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि बढ्नुले यो उल्लेख्य उपलब्धि हासिल भएको प्रदेशको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले बताउनुभयो ।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा प्रदेशमा तीन अर्ब पाँच करोड ९२ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । चालू आर्थिक वर्ष र आउँदो वर्षहरुमा राजस्व सङ्कलनमा अझ सुधार हुँदै जाने मन्त्रालयले जनाएको छ । सङ्कलन प्रक्रियालाई वैज्ञानिक रूपमा व्यवस्थित गरिएको हुँदा थप उपलब्धि हासिल हुने सचिव महतोको भनाइ छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search