भारतले नेपाली सेनालाई गाडी, घोडा र कुकुर दियो

काठमाण्डौ । भारतीय सरकारले नेपाली सेनालाई केही गाडी, घोडा र विपद्पछिको घटनाको अनुसन्धानमा प्रयोग हुने कुकुर सहयोग स्वरूप उपलब्ध गराएको छ । नेपालको दुई दिने भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा ती सहयोग हस्तान्तरण गर्नुभएको हो । भारतबाट ६ थान गाडी, ५ वटा घोडा र विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमा प्रयोग हुने २ वटा कुकर प्राप्त भएको छ ।

यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र विदेश सचिव मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको थियो । नेपाल र भारतबीच एक अर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ । नेपाल र भारतबीच लामो समयदेखि वार्षिक रूपमा ठूलो सङ्ख्यामा एक अर्का देशमा सैनिक तालिम र प्रशिक्षणका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search