टी–२० मा पुनरागमनका लागि बाबर आजमले स्ट्राइक रेट सुधार गर्नुपर्ने

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमनका लागि पाकिस्तानका पूर्वकप्तान बाबर आजमले स्ट्राइक रेट सुधार गर्नुपर्ने भएको छ । पाकिस्तानका प्रशिक्षक माइक हेसनले बाबर आजमलाई टी–२० क्रिकेटमा पुनरागमनका लागि स्पिन बलरविरुद्ध ब्याटिङ सुधार गर्न र समग्रमा स्ट्राइक रेट बढाउन आग्रह गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।

क्रिकेटका अरू फर्म्याटमा बाबर पाकिस्तानको ब्याटिङको मुख्य आधार हुन् तर गएको वर्षको अन्त्यतिर दक्षिण अफ्रिका भ्रमणपछि उनले टी–२० अन्तर्राष्ट्रिय खेलेका छैनन् । आउँदो महिना संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एशिया कपका लागि पाकिस्तानले घोषणा गरेको टोलीमा ३० वर्षीय बाबर आजम परेका छैनन् । बाबरलाई बाहिरै राखेर टोली व्यवस्थापनले साहिबजादा फरहान जस्ता उदाउँदो खेलाडीहरूमा विश्वास देखाएका छन् । पाकिस्तानको एशिया कप टोलीमा अर्का प्रमुख विकेटकिपर ब्याटर मोहम्मद रिजवान पनि परेका छैनन् ।

स्पिन खेल्ने र स्ट्राइक रेटको सन्दर्भमा बाबरलाई केही क्षेत्रमा सुधार गर्न भनिएको पाकिस्तानका प्रशिक्षक हेसनले बताएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरको स्ट्राइक रेट १ सय २९ को छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search