लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयरको निधन

काठमाण्डौ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको निधन भएको छ । उहाँको आज बिहान हृदयघातका कारण निधन भएको हो । ७२ वर्षीय सजरुद्दिन लामो समयदेखि मुटु रोगबाट बिरामी हुनुहुन्थ्यो ।

परम्परागत रूपमा आज बेलुका ५ बजे स्थानीय कब्रिस्तानमा उहाँको अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिनुभयो । सजरुद्दिन नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search