विश्वभर १० लाखभन्दा धेरै मानिस बेपत्ता भएको रेडक्रसको तथ्याङ्क

रेडक्रसले विश्वभर १० लाखभन्दा धेरै मानिस बेपत्ता भएको तथ्याङ्क सार्वजनिक गरेको छ । यो पाँच वर्ष पहिलेको तुलनामा झण्डै ७० प्रतिशतले बढी हो । बढ्दो द्वन्द्व, व्यापक आप्रवासन र युद्धका नियम पालना हुन नसक्दा बेपत्ताको सङ्ख्या बढेको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले निकालेको विज्ञप्तिमा उल्लेख छ । सुडान, युक्रेन, सिरिया, कोलम्बिया, इजरायललगायतका देशमा व्यक्ति बेपत्ताका घटना उच्च छन् ।

आईसीआरसीका महानिर्देशक पियरे क्राहेनबुहलले विश्वभरबाट लाखौं मानिस आफ्ना प्रियजनबाट अलग्गिएका बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । राजनीतिक दलहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्दा ‘बेपत्ता हुने जोखिम कम हुन्छ’ भन्नेमा रेडक्रसले जोड दिएको छ ।

आईसीआरसीका अनुसार गएको वर्ष १६ हजारभन्दा धेरै व्यक्तिहरू फेला परेका थिए र सात हजारभन्दा बढीलाई उनीहरूका परिवारसँग पुनर्मिलन गरिएको थियो । आज बेपत्ताविरुद्धको अन्तराष्ट्रिय दिवस मनाईंदैछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search