काठमाण्डौ । पर्सामा नौ दिनमा एक सय ६३ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । भदौ ६ गते शुक्रवार तीन जनामा हैजा पुष्टि भएकोमा त्यसपछि आज बिहानसम्म सङ्क्रमितको सङ्ख्या एक सय ६३ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
सङ्क्रमितमध्ये एक सय दुई जना उपचारपछि डिस्चार्ज भएका र ६१ जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ । हैजा पुष्टि हुनेमध्ये एक सय ५४ जना वीरगञ्ज महानगरपालिकाका र नौ जना पोखरीया नगरपालिकाका रहेका जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिंहले जानकारी दिनुभयो ।
हिजो मात्रै झाडापखालाका ४१ जना नयाँ बिरामी थपिएका छन् । अहिलेसम्म झाडापखालाका सात सय ५१ बिरामीहरु भर्ना भएकोमा पाँच सय १७ जना उपचारपछि घर फर्किएका छन् । उपचाररत दुई सय १९ जना मध्ये ३४ जना आईसीयूमा र सात जना एचडीसीयूमा छन् । पर्सामा हैजा नियन्त्रणका लागि तीनवटै तहका सरकार सक्रिय छन् । जनचेतनामुलक कार्यक्रमहरु पनि भइरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।