काठमाण्डौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिला शक्ति परिवारको हिस्सा मात्रै नभएर सम्पूर्ण समाज परिवर्तनको आधार भएको बताउनुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको वृहत् महिला सम्मेलन २०८२ को उद्घाटन गर्दै पूर्व राष्ट्रपति भण्डारीले परिवार निर्माणदेखि उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक रुपान्तरणमा महिलाको योगदान सधैं अग्रपङ्तिमा रहेको बताउनुभयो ।
महिलाको योगदानलाई अझै अपेक्षित सम्मान प्राप्त नभएको उहाँको गुनासो छ । पूर्व राष्ट्रपति भण्डारीले महिलाहरू पनि नेतृत्व गर्न सक्षम छन् भन्ने कुरा प्रमाणित गर्ने बेला आएको बताउनुभयो । उहाँले महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहन गर्नुपर्ने भन्दै भण्डारीले आउँदो पुस्तालाई प्रेरणा दिनेगरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।