दशैँका लागि आउँदो भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन शाखाले सूचना निकालेर भदौ २९ देखि असोज १० गतेसम्म नयाँ नभई सुकिला नोट साट्न पाइने जनाएको छ ।
गएको दशैँमा पनि राष्ट्र बैंकले सुकिला नोट साट्न मिल्ने व्यवस्था गरेको थियो । मुद्रा व्यवस्थापन विभाग, प्रदेशमा रहेको कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको छ । यस वर्ष दशैँको मुख्य दिन विजयादशमी असोज १६ गते परेको छ ।