काठमाण्डौ । एभरेस्ट महिला भलिबल लिग(इडब्लूभी) को उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज खेल्ने भएका छन् । उद्घाटन खेल पर्सि शुक्रवार दिउँसो दुई बजे शुरू हुनेछ ।
पर्सिनै साविक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दिउँसो चार बजे अर्को खेल हुनेछ । इन्फनिटी ड्रिम्स प्रा. लि.को आयोजनामा हुने एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देशीय कभर्डहलमा हुनेछ ।
जसमा साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाण्डौ स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्नेछन् ।