प्रधानमन्त्री ओली चीन भ्रमण सकेर आज स्वदेश फर्कदै

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कदै हुनुहुन्छ । उहाँ गएको भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियान्जिनतर्फ प्रस्थान गर्नुभएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसहित विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखसँग भेटवार्ता गर्नुभएको थियो । सीसँगको भेटमा प्रधानमन्त्री ओलीले भारत–चीनबीच हालै लिपुलेक मार्ग हुँदै सीमा व्यापारसम्बन्धी भएको समझदारीको प्रसङ्ग उठाउँदै दुई देशबीचको सहमतीमा आपत्ति जनाउनुभयो । उहाँले हिजो बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुभयो ।

दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्ष पुगेको अवसरमा चीनले आज राजधानी बेइजिङमा सैन्य परेड आयोजना गरेको छ । परेडको प्रधानमन्त्री ओलीले अवलोकन गर्नुहुनेछ । यस्तै, उहाँले यसअघि शिखर सम्मेलनलाई सम्बोधन गर्नुभयो । नेपाल सन् २०१६ देखि एससीओ सङ्गठनको संवाद साझेदार रहँदै आएको छ ।

चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search