काठमाण्डौ । देशभरको मौसम आज साधारणतया बदली छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी केही ठाउँ र तराईका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।
आज राति कोशीको तराई क्षेत्र र बागमतीको पहाडी एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।
गएराति पनि कतै ठूलो पानी परेन । पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकसहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सिन्धुपाल्चोकको चन्द्रकु जलमापन केन्द्रमा पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै १५।६ मिलिमिटर वर्षा मापन भएको छ ।
१० मिलिमिटरभन्दा कमलाई हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम वर्षा भएमा मध्यम वर्षा र ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा मापन भयो भने त्यसलाई ठूलो (भारी) वर्षा भएको भनिन्छ ।