काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन मुख्यमन्त्री बानियाँको निर्देशन

काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री बानियाँको अध्यक्षतामा आज हेटौँडामा बसेको काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी बैठक तथा छलफलमा उहाँले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री बानियाँले गाडी दुर्घटना न्यूनीकरण तथा उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि सम्बद्ध सबै निकायहरू समन्वयात्मक तरिकाले परिचालित हुनुपर्ने बताउनुभयो । उहाँले ट्राफिक प्रहरीका लागि आवश्यक पर्ने उपकरण तथा सामग्री उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search