मालपोत कार्यालय काभ्रेका खरिदार २ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाण्डा‌ै‌ । जिल्ला मालपोत कार्यालय काभ्रेका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । भण्डारीलाई फिल्डबुकमा दर्ता छुट भएको जग्गाधनीको नाममा दर्ता गर्न सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

कार्यालय परिसरबाटै पक्राउ परेका खरिदार भण्डारीमाथि अनुसन्धान भइरहेको आयोगका प्रवक्ता एवम् सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search