उदयपुरमा अनुदानको २ सय बोरा युरिया मल लुकाउने व्यापारी पक्राउ

काठमाण्डौ । उदयपुरमा सरकारले किसानलाई वितरण गर्न पठाएको २ सय बोरा अनुदानको मल लुकाएर कालोबजारी गरेको आरोपमा एक जना व्यवसायी पक्राउ परेका छन् । कटारीमा रहेको आशुतोष ट्रेडर्स एन्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय उदयपुरबाट गएको अनुगमन टोलीले चौधरीले सञ्चालन गरेको स्टोर्सबाट यहफ भदौ १२ गते २ सय बोरा युरिया मल बरामद गरेको थियो । अनुदानको मल लुकाएर राखेको फेला पारेपछि गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा चौधरीलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search