वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

काठमाण्डौ । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ । गएराति ललितपुरको हात्तीवनमा उहाँको निधन भएको हो । ६० वर्षीया गोले क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । बौद्ध संस्कारसहित उहाँको पार्थिव शरीरलाई अन्त्येष्टि गर्ने तयारी छ ।

तामाङ सेलो र अन्य लोकगीतहरूमार्फत तामाङ संस्कृतिको संरक्षण र प्रवर्द्धनमा गायिका इन्दिरा गोलेको महत्त्वपूर्ण भूमिका छ । चाँगुनारायण थान, जाईफूलको बासना, घर त छाउनीमा लगायत उहाँको स्वर रहेका गीत सदाबहार छन् । गोलेका दुई छोरी छन् । उहाँका श्रीमानको भने यसअघि नै निधन भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search