चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै हुनुहुन्छ । चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनुका साथै बेइजिङमा आयोजित परेड अवलोकन गरेर प्रधानमन्त्री ओली स्वेदशका लागि प्रस्थान गर्नुभएको हो । बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ भएर स्वदेशको यात्रामा रहनुभएका ओली राति १० बजेतिर नेपाल आइपुग्नु हुने छ ।

प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियान्जिन जानुभएको हो । भ्रमणका क्रममा उहाँले एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्नुभयो ।

त्यस्तै चीनका राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा। मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा। सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाई सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । यस्तै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट भए पनि द्विपक्षीय भेटवार्ता भने भएन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search