काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेटा र युट्युबलाई पत्र लेखेर नेपालमा दर्ताबारे जिज्ञासा राखेको छ । सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जालको दर्ता नभएको भन्दै सञ्चालनमा रोक लगाएको थियो । सरकारले रोक लगाएकामध्ये बढी प्रयोगकर्ता भएको मेटा र यु ट्युबलाई रास्वपाले पत्र लेखेर दर्ता बारेमा जिज्ञासा राखेको हो ।
रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यले ती दुई सामाजिक सञ्जाललाई पत्राचार गरेका हुन् । सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्रै नभई शिक्षा, उद्यम, डिजिटल उद्यमशितलता, डायस्पोरासँग जोडिने कार्यमा भूमिका खेलेको भन्दै नागरिकको दैनिक जीवनसँग जोडिएको विषय रहेको पत्रमा उल्लेख गरिएको छ ।
प्रयोगकर्ताले सामाजिक सञ्जालको माध्यमबाट आय आर्जन समेत गरेको पत्रमा उल्लेख छ । दर्ताका लागि व्यवधान रहेको भए जानकारी गराउन समेत मेटा र युट्युबलाई भनिएको छ ।