काठमाण्डौ । आजदेखि पोखरामा शुरू भएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा साविक विजेता कर्णाली यशविसले विजयी शुरुआत गरेको छ । पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको उद्घाटन खेलमा कर्णालीले पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा हरायो । कर्णालीले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले जित्यो । यस्तै अहिले दोस्रो खेलमा ललितपुर क्वीन्स र मधेश युनाइटेडबीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रतियोगितामा कर्णाली, पोखरा, ललितपुर, मधेश, काठमाण्डौ स्पाइकर्स र लुम्बिनी लाभाज गरी ६ वटा टोली छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुनेछ ।