सुनको भाउ ४ सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनचाँदीको भाउमा आज घटेको छ । सुन आज चार सय रुपैयाँले घटेर तोलाको दुई लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन अहिलेसम्मकै उच्च तोलाको दुई लाख १२ हजार पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज २५ रुपैयाँले घटेर तोलाको दुई हजार चार सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ दुई हजार पाँच सय रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search