दमकमा हवाई फायर, केही प्रहरी र प्रदर्शनकारी घाइते

विराटनगर । झापाको दमकमा जेनजीको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ । प्रदर्शनको क्रममा दमक नगरपालिका अगाडि जेनजीले आगजनी प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको हो ।

झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार प्रदर्शन उग्र बनेपछि प्रहरीले हवाई फायर गरेको हो । प्रदर्शनकारीले ढुंगामुढा पनि गरेको उनले बताए । ढुंगामुढाका कारण प्रहरीसहित केही प्रदर्शनकारी पनि घाइते भएको उनले बताए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search