काठमाण्डौ । काठमाण्डौसहित देशका विभिन्न शहरमा प्रदर्शन गरेको ुजेन जीु आन्दोलनले सबै आन्दोलनकारीहरूलाई घर फर्कन आह्वान गरेको छ । काठमाण्डौको बानेश्वरमा भएको प्रदर्शनमा घुसपैठ भएको भन्दै आन्दोलनले सबैलाई फर्कन आह्वान गरेको हो। ुजेन डट जेट नेपालु ले सूचना निकालेर प्रदर्शनमा सहभागी सबैलाई फर्कन भनेको हो ।
बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएका युवाहरूले बानेश्वरको निषेधित क्षेत्र तोडेपछि प्रहरीले शुरूमा पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । संसद् भवन परिसरमा पनि प्रदर्शनकारीहरू प्रवेश गरेपछि प्रहरीले गोली चलाएको थियो ।