काठमाण्डौ । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ९९ अङ्कले घटेर २ हजार ६ सय ७२ दशमलव २५ विन्दुमा झरेको छ । योसँगै नेप्से लगातार ५ कारोबार दिन घटेको छ । आज सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर ३ दशमलव ३१ प्रतिशतले ओरालो लागेको छ । आज २ सय २९ वटा कम्पनीको शेयर घटेकोमा २२ वटाको बढेको छ ।
आज बाराही हाइड्रोपावर कम्पनीको शेयर ५ दशमलव २८ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन हिम स्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड १७ लाख कित्ता शेयर ५ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएको छ ।