मिथिलाञ्चलमा नहाय खाय विधिसँगै जितिया पर्व शुरु

काठमाण्डौ । मिथिलाञ्चलमा नहाय खाय विधिसँगै जितिया पर्व शुरु भएको छ । मिथिलाञ्चलमा व्रतालु महिलाहरु जलाशयमा स्नानादी गरी घिरौँलाको पातमा तोरी वा सर्सोको तेल र पिना चढाएर जिमूतवाहन देवताको पूजा गरी जितिया पर्वको शुरु गरेका हुन् ।

आजै कोदोको रोटी र माछा खाने परम्परा छ । जसलाई मैथिल समुदाय माछमरूवा भन्छन् । नहाय खाय गरेको भोलिपल्ट ओंगठन विधिसँगै व्रतालु महिला निराहार व्रत बस्नेछन् । जितिया पर्व मैथिल संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो ।

यसलाई जिमूतवाहन व्रत पनि भनिन्छ । सन्तानको सुख, शान्ति र चिरायुका लागि यो पर्व मनाउने परम्परा रहेको छ । जितिया पर्व नियमपूर्वक गर्नाले सन्तानको आयुमा वृद्धि हुने जनविश्वास रही आएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search