काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी सञ्चालन

काठमाण्डौ । जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाण्डौ उपत्यकाको सार्वजनिक गाडीको आवागमन सञ्चालन भएको छ । काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बस, ट्याक्सीलगायत गाडी बिहानैदेखि चलिरहेका छन् ।

जेनजीको प्रदर्शनका कारण गएको मङ्गलवारदेखि काठमाण्डौ उपत्यकामा ठप्प रहेको सार्वजनिक गाडीको आवागमन आजदेखि शुरु भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

त्यसैगरी चितवनतर्फबाट आज सार्वजनिक बसहरु काठमाण्डौका लागि आउन थालेकाले काठमाण्डौबाट बाहिरी जिल्लामा जाने गाडी आज साँझदेखि चल्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

गएको मङ्गलवारदेखि काठमाण्डौ उपत्यका लगायतका सबै क्षेत्रमा जेनजीको प्रदर्शन भएसँगै नेपाली सेनाले कर्फ्यू लगाएपछि सार्वजनिक गाडी बन्द गरिएका थिए । आज बिहानदेखि काठमाण्डौको कर्फ्यू हटाइएकाले जनजीवन सामान्य बनेको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search