जेन–जी आन्दोलन : शिक्षण अस्पतालबाट २७ जनाको शव आफन्तले बुझे

काठमाण्डौ । त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शव परीक्षण (पोस्टमार्टम) सकिएको छ । अस्पतालमा जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको अहिले शव परीक्षण कार्य भइरहेको छ । अहिलेसम्म ४६ जनाको शव परीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २३ जनाको शव आफन्तले बुझेर लगिसकेका छन् भने सात जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ । ती शवका लागि डीएनए परीक्षण आवश्यक हुन्छ । शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शव परीक्षण गरिन्छ ।

‘गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका अवस्थाको शव प्राप्त भएका छन् । पोस्टमार्टमका लागि पत्र आएकाको शव परीक्षण गरिरहेका छौँ’, डा चौधरीले भन्नुभयो । यसैबीच नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ मृतकका आफन्त र घाइते भेट्न शिक्षण अस्पताल पुग्नुभएको छ । अस्पतालमा अहिले २२ जना उपचाररत छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search