सेयर बजार पर्सि बुधबारदेखि खुल्ने

काठमाडौं । पर्सि बुधबारदेखि सेयर बजार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्स्चेन्जले पर्सि बुधबारदेखि नै बजार फेरि सञ्चालन गर्ने भएको हो । ‘सबै पक्षसँग छलफल र परामर्श गरेपछि बुधबारदेखि बजार खोल्ने निर्णय गरिएको छ’ बोर्डका एक उच्च अधिकारीले भने ।

उनका अनुसार यसबारे नेप्सेलाई सूचना पठाउने र नेप्सेले नै सार्वजनिक गर्नेछ । यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी गरे पनि अर्को निर्णय भएसँगै सो खारेज भएको छ ।

भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशका शहरहरुमा जेनजी प्रदर्शनका नाममा भएको विध्वंशपछि २४ गतेयता बजार बन्द गरिएको थियो । एक साता बजार बन्द भयो । विगतमा पनि भूकम्प तथा कोरोनाका बेला लामो समय बजार बन्द भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search