काठमाण्डौ । कप्तान भर्जिल भ्यान डाइकले इन्ज्युरी समयमा निर्णायक गोल गरेपछि लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा विजयी शुरूवात गरेको छ । लिभरपुलले एट्लेटिको म्याड्रिडलाई ३–२ ले पराजित गरेको हो ।
खेलको शुरूवाती चौथो मिनेटमै एन्डी रोबट्र्सनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मोहम्मद सलाहले अर्को गोल थपेपछि पाहुना टोली २–० ले अघि बढ्यो । तर, पहिलो हाफको अन्त्यतिर मार्कस लोरटेले एट्लेटिकोका लागि गोल फर्काए । लोरटेले नै ८१औं मिनेटमा दोश्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।
कप्तान भ्यान डाइकले कर्नरमा हेडिङमार्फत गोल गर्दै लिभरपुललाई जित दिलाए । च्याम्पियन्स लिगमा सबैभन्दा सफल टोली रियल मड्रिडले अहिलेसम्म १५ पटक उपाधि जितेको छ । यस्तै एसी मिलानले ७, बार्यन म्युनिख र लिभरपुलले समान ६, बार्सिलोनाले ५ पटक उपाधि जितेको छ ।