‘जेन–जी’ आन्दाेलन : राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाबाट ५ कराेड नगद र झन्डै १८ किलो सुन लुटपाट

काठमाण्डाै । ‘जेन–जी’ आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट ५ करोड १५ लाख रुपैयाँ नगद र झन्डै १८ किलो सुन लुटपाट भएको खुलेको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले एक पोडकास्टमा यस्तो बताउनुभएको हो । भदौ २४ गते प्रर्दशनकारीहरूले बानेश्वरमा रहेको संसद् भवनमा आक्रमण गर्दा नजिकै रहेको वाणिज्य बैंकको शाखामा पनि लुटपाट र तोडफोड भएको थियो ।

बैंकका अनुसार लुटपाट भएको सुन धितोका लागि राखिएको हो जसको बीमा हुन्छ । राष्ट्र बैंकका अनुसार ‘जेन–जी’ आन्दोलनका क्रममा देशभर रहेका बैंक तथा वित्तीय संस्थाका ६८ वटा शाखा र एक्सटेन्शन काउन्टर, ६९ वटा एटीएममा तोडफोड तथा आगजनी भएको छ । राष्ट्र बैंकले क्षतिको तथ्याङ्क सङ्कलनकै क्रममा रहेको जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search