सुनको भाउ ९ सय रुपैयाँले घट्यो

काठमाण्डौ । सुनको भाउ आज नौ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ नौ सय रुपैयाँले घटेर तोलाको दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ घटेर दुई लाख १६ हजार एक सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी ३० रुपैयाँले घटेर दुई हजार पाँच सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ दुई हजार पाँच सय ५० रुपैयाँ थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search